Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीको प्रारम्भिक निष्कर्ष : कारभित्र तास खेल्न पस्दा लक भएपछि निसास्सिएर मृत्यु

दाङ। प्रहरीले तुलसीपुरस्थित पार्किङ गरेर राखेको कारभित्र मृत अवस्थामा भेटिएका तीन बालकको निस्सासिएर ज्यान गएको प्रारम्भिक निस्कर्ष निकालेको छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरुले पार्किङ गरेर राखिएको  कारभित्र उनीहरुको निस्सासिएरै ज्यान गएको निष्कर्ष निकालेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेट जे ०१६६०८८५ निशान कार भित्र शनिबार साँझ तीन बालकको शव भेटिएको थियो ।

प्रहरीका अनुसार कार पञ्चर भएर थन्किएको अवस्थामा रहेको र कारको ढोका खुला भएपछि भित्र पसेपछि कार लक हुँदा हावा कतैबाट नपसेपछि उनीहरुको ज्यान गएको हुन सक्ने भन्दै  घटनाको प्रकृति हेर्दा हत्या जस्तो नदेखिएको प्रहरीको भनाइ छ ।

मृतक बालकहरुको खल्तीमा ताससमेत फेला परेको बताइएको छ । उनीहरु पार्किङ गरेर राखेको कारमा तास खेल्न पसेको हुन सक्ने प्रहरी आशंका छ ।

कारभित्र मृत भेटिएकाहरु स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास र भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप रहेका छन् । सुवास र करण दाजुभाइका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077