Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लुम्बिनीको निर्णयले बालुवाटारमा खैलाबैला, प्रधानमन्त्री ओलीले डाके संसदीय दलको आकस्मिक बैठक

काठमाडौँ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि नेकपा एमाले पार्टी भित्र खैलाबैला मच्चिएको छ।

मुख्यमन्त्री पोखरेलले आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएपश्चात् एमालेमा खैलाबैला मच्चिएको हो।

यसैबीच, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालुवाटारमा संसदीय दलको आकस्मिक बैठक सुरु गरेको स्रोतले बताएको छ।

मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता–समीकरणको खेल उथलपुथल भएको छ  भने नयाँ सरकार गठनको लागि खुल्ला भएको छ।

यस्तै, बहुमत जसपाका ४ सांसद कारबाहीमा परेकाले एमालेको एक्लै बहुमत पुगेको छ । र, बहुमतप्राप्त दलका नेताका हैसियतले उनी पुनः मुख्यमन्त्री हुनेछन् । यसअघि माओवादीले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । अब प्रदेशसभाका सांसदको तत्काल कायम संख्या हिसाब गर्ने हो भने एमालेको बहुमत पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077