Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दुरुपयोग बढेपछि पत्रकारलाई सूचना बिभागको पास अनिवार्य, अबबाट निजी संस्थाका कार्ड मान्य नहुने

    दुरुपयोग बढेपछि पत्रकारलाई सूचना बिभागको पास अनिवार्य, अबबाट निजी संस्थाका कार्ड मान्य नहुने

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 3.3K
    SHARES

    काठमाडौं। निषेधाज्ञामा प्रेस पासको दुरुपयोग बढेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै  कडाई गरेको छ । सिसीएमसीले दोस्रो भेरियन्टको नयाँ कोरोना भाइरस संक्रमण तिव्ररुपमा फैलिएपछि पत्रकारलाई अब सूचना बिभागको पास अनिवार्य गरेको हो ।

    सिसीएमसीले उपत्यकाका जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा सूचना विभागको पास भएका पत्रकारलाई मात्रै लकडाउनमा बाहिर निस्कन  र उपत्यका बाहिरका जिल्लाहरुमा भने प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको छ ।



    निषेधाज्ञामा अनुगमनका क्रममा विभिन्न व्यक्तिहरु निजी संस्थाका प्रेस पास देखाउँदै विभिन्न बहानामा बाहिर हिडेको पाइएको थियो । लकडाउनमा  प्रेस ज्याकेटको दुरुपयोग हुँदै आएको थियो । प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग नहोस भनेर सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा हिजो भएको थप निर्णय सार्वजनिक भएको प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिदिएका छन्। ।



    यसैगरी जनताका केही गुनासा टोल फ्री नं ११४० मा फोन गर्न र उक्त समस्याको समाधान २४ घण्टाभित्रै समाधान हुने पनि बताइएको छ ।  कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न पनि सिसीएमसीले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार