चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ( एसपी) ओमप्रसाद अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गत १४ गते कोरोना पुष्टि भएपनि उनी आत्मबलका साथ क्वाटरमा वसेर जिल्लाको सुरक्षा कमाण्ड सम्हालिरहेका छन् । उनले त्यहीबाट मातहतका प्रहरीलाई आदेश र निर्देशन दिने गरेका छन्। एसपी अधिकारीलाई सामान्य रुघाखोकी र हल्का ज्वरोको समस्या देखिएको छ ।
हिरासतमा दुई जना थुनुवा संक्रमित देखिएपछी प्रहरीले थुनुवासँग भेटघाट बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवन भित्र कार्यरत झण्डै २ सयभन्दा बढी प्रहरीमध्ये एसपी अधिकारी मात्रै अहिलेसम्म संक्रमित पुष्टि भएका अधिकारी हुन् ।
कोरोना नियन्त्रणका लागि लकडाउनको प्रभावकारी कार्यन्वयन गर्ने एसपी अधिकारीले वताएका छन् । त्यसका लागि जनता आफैंले सचेत हुनुपर्ने उनको भनाइ छ । चितवनमा लकडाउनको आदेश उल्लंघन गर्न खोज्ने झण्डै दुई हजार जतिलाई होल्डिङ सेन्टरमा राखेर सचेत गराएर छाडिएको छ ।
Leave a Reply