एजेन्सी । अफगानिस्तानको लोगार प्रान्तको एक गेस्ट हाउसमा कार बम बिस्फोट हुँदा ३० जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा केही विद्यार्थी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वी प्रान्त लोगारको राजधानी पुल–ए–आलम स्थित गेस्टहाउसमा विद्यार्थी बसेका थिए । सो गेस्ट हाउस नजिकै कार बम बिस्फोट भएको हो ।
बिस्फोटमा ९० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
इस्लामिकहरुको पवित्र महिना रमादान चलिरहेका बेला बिस्फोट भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्ममा आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै अफगानिस्तानमा हिंसाका घटनाहरु बढेका छन् ।
Leave a Reply