एजेन्सी। चिनियाँ अधिकारीहरूले चीनमा बाहिरबाट आउँदै गरेका केही मानिसहरूमा बी १६१७ भेरियन्टको कोरोना देखिएपछि देशमा ‘हाईअलर्ट जारी’ गरिएको जनाएका छन् ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट भारतमा पहिलो पटक फेला परेपछि तरंग फैलिएको छ।
यद्यपि वैज्ञानिकहरू दोस्रो चरणको कोरोना भाइरसले भारतमा यति खतरनाक रुप कसरी लियो भनेर अझै छलफल गरिरहेका छन् ।
चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का प्रमुख वू जुनुउले प्रेस सम्मेलनमा यस कुराको पुष्टि गरे पनि कति जनामा भाइरसको प्रकार देखियो भन्ने कुरा भनेनन्।
वू जुनुउले भारतमा कोरोनाको दोस्रो लहर र अन्य ठाउँमा कोरोनाका केसहरूले उत्पन्न भएको स्कटले फेरि चेतावनी दिएको उल्लेख गर्दै यस महामारी नियन्त्रण हुन नसकेको स्विकारे ।
हङकङमा प्रकाशित अंग्रेजी अखबार साउथ चाइना मर्निङ पोस्टले अप्रिल २८ को संस्करणमा चिनियाँ स्वास्थ्य अधिकारीहरूलाई उल्लेख गर्दै भारतबाट आएका चार जना र नेपालबाट आएका एक जनामा कोरोना संक्रमित देखिएको वताए पनि बी १६१७ भेरियन्ट भए/नभएको केही वताएनन् । – बिबिसी हिन्दी
Leave a Reply