काठमाडौं । खानेपानी मन्त्री मणि थापा पनि कोरोना संक्रमित भएका छन् । विहीबार स्वाबको नमूना परीक्षण गर्दा मन्त्री थापामा संक्रमण पुष्टि भएको हो ।
मन्त्री थापाको सचिवालय स्रोतका अनुसार ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो हो, थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
यसअघि थापाको छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र उनको परिवारका सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको थियो । मन्त्री रायमाझी अहिले छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत छन्।
Leave a Reply