काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको आज काठमाडौंस्थित वीर अस्पतालमा शल्यक्रिया हुँदै छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई हिजो अस्पताल भर्ना भएका हुन्।
उनको आज न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया (अपरेसन) हुने भट्टराइले नै सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनको अपरेसन डा. सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले गर्नेछ।
यसअघि डाक्टर भट्टराई ट्युमरमा क्यान्सर भएको शंकाले भारत गएका थिए। डाक्टर भट्टराईले भनेका छन्–‘पेटको न्युरो इन्डोक्राइन ट्युमरको शल्यक्रियाकालागि वीर अस्पताल भर्ना भएको छु। दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सतप्रयास र सबैको सदभावले स्वास्थ्यलाभ हुने नै छ।’
अस्पतालको शय्यामा रहँदा पनि देश र जनताप्रति चिन्ता गर्दै डाक्टर भट्टराईले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ– कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं।’
https://twitter.com/brb1954/status/1387700526813429763