Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहको चेतावनी : अति आवश्यक नपरी घरबाहिर ननिस्कनुस

काठमाडौ । गृह मन्त्रालयले कोरोना भाइरस(कोभिड-१९ ) महामारी नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको कार्यान्वयन गर्न सर्वसाधारण नागरिकलाई आग्रह गरेको छ। गृह मन्त्रालयले निषेधाज्ञाको कार्यान्वयनका लागि  थप कडाई गर्ने पनि जनाएको छ ।

बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले निषेध आदेशको अवधिभर अति आवश्यक नपरी घरबाहिर ननिस्कन सर्वसाधारणलाई भनेको छ ।

कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले आजबाट काठमाडौँ उपत्यकामा लकडाउन समेत लागू गरेको छ। काठमाडौ उपत्यका सहित मुलुकका १३ जिल्लामा बैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको छ ।

तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या झण्डै पाँच हजार नजिक  रहेको छ। नेपालमा कोरोना संक्रमितको संख्या  पहिलोपटक यति धेरै  भएको हो। गृह मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञालाई कडा रुपमा लागू गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077