Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लकडाउनमा पनि घटेनन् संक्रमित, ४९२८ जना थपिँदा ३५ को मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च  रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले आजबाट काठमाडौँ उपत्यकामा लकडाउन समेत लागू गरिएको छ।

तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या झण्डै पाँच हजार नजिक  रहेको छ। नेपालमा कोरोना संक्रमितको संख्या  पहिलोपटक यति धेरै  भएको हो।

यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार ५९७  जनामा पीसीआर परीक्षण र ९६३  जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४८३१ र ९७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३०  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लख ८० हजार १६७ जना डिस्चार्ज भएका छन् । आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च ३५  रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार २४६  पुगेको छ ।

हिजो नेपालमा ४८९७  जना थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077