Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कञ्चनपुरमा थप तीन कोरोना संक्रमितको मृत्यु

    कञ्चनपुरमा थप तीन कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    महेन्द्रनगर । कञ्चनपुरमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

    भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहीवार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाकाका ३० वर्षीय युवकको राती साढे १२ बजेर तथा भिमदत्त नगरपालिका १८ की ३६ वर्षीया महिलाको बिहिबार बिहान मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।



    भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्र्टी नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पोजेटिभ पनि देखिएकाले उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।



    यस्तै दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकलाई मंगलवार अस्पतालमा उपचारको लागी भर्ना गरिए पनि उनमा कडा खालको निमोनिया देखा परेको थियो । उनि भारतबाट आएको र भारतमै उनमा समस्या देखा परेको थियो।

    यस्तै वैशाख ११ गते अस्पताल भर्ना भएकी भिमदत्त नगरपालिका १८ की ३६ वर्षिय एक महिलाको उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ।

    बुधवार पनि भीमदत्त नगरपालिका–१९ का ३५ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो । योसंगै कञ्चनपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार