Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेका श्रीमान भन्छन्–स्कुटरवालासँग चुम्वन गरेको सहन सकिन

    ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेका श्रीमान भन्छन्–स्कुटरवालासँग चुम्वन गरेको सहन सकिन

    अनलाइन नेपाल
  • बुधबार, १५ बैशाख २०७८
  • 5.3K
    SHARES

    प्रतिकात्मक तस्विर

    दाङ। जिल्लामा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई टाउकोमा  ढुङ्गाले हानेर हत्या गरेका हुन् ।

    मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो । उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।



    श्रीमतीलाई ढुंगा प्रहार गरि हत्या गर्ने आरोपितले प्रहरीसमक्ष श्रीमतीको चरित्रका कारण आफुले हत्या गरेको स्वीकार गरेका छन् । श्रीमतीको हत्या पछि फरार रहेका उनलाई प्रहरीले राति १२ बजेतिर तुलसीपुरको ग्वारखोलाबाट पक्राउ गरेको थियो ।



    पक्राउ परेका पदमले आफ्नी श्रीमतीको चरित्रका कारण आफु आबेगमा आएर हत्या गरेको प्रहरी समक्ष बयान गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंह बताए । पक्राउ परे लगतै ती व्यक्तिले श्रीमतीको चरित्रमाथि दोषारोपन गर्न खोजेका छन्,’ डिएसपी सिंहले भने–‘घटनाबारे बिस्तृत रुपमा अनुसन्धान हुन बाँकी छ ।’

    पदम केही दिन अघि मात्रै कतारबाट घर फर्किएका थिए ।पदमका अनुसार उनकी हत्या गरिएकी श्रीमतीले तुलसीपुरको बसपार्कस्थित एक होटेलमा काम गर्दै आएकी थिइन् । उनले बिदेशबाट समेत होटेलमा काम नगर्न आग्रह गर्दै आएको तर श्रीमतीले नमानेको भन्ने कुरा पदमले प्रहरी समक्ष गरेको डिएसपी सिंहले बताए ।

    घटना भएको दिनपनि आफ्नी श्रीमतीलाई छोड्न राति एउटा स्कुटर आएको र त्यो स्कुटरमा आउने युवासँग बाटोमै उनीहरुले चुम्मा खाएको आफूले देखेको र त्यही कारण डेरा तर्फ गइरहेका पदम र उनकी श्रीमतीको बाटोमै बिबाद भइ घटना हुन गएको उनले प्रहरीसमक्ष् बयान दिएका छन् ।

    घटना भन्दा दूई दिन अगाडि यस्तै कुराको बिबाद पछि पदम घरबाट निस्किएर गएका थिए । श्रीमान र श्रीमतीबीच बाटोमै बिबाद भएपछि आवेगमा आएर सुरुमा श्रीमती बिपनाले श्रीमान् पदमलाई सडकको ढुंगा टिपेर प्रहार गरेको भएपनि उनलाई नलागेको र त्यसपछि आफूले पनि सडकै ढुंगा उठाएर आक्रमण गरेको भन्ने दाबी गरेको डिएसपी सिंहले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार