Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, भयावह हुन सक्ने !

    कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, भयावह हुन सक्ने !

    अनलाइन नेपाल
  • बुधबार, १५ बैशाख २०७८
  • 1.6K
    SHARES

    बागलुङ । जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाएका दुई जनामा संक्रमण पुष्टि भएको छ। धौलागारी अस्पतालमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो।

    मंगलबार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा पहिलो चरणमा खोप लगाएका दुई जना स्वास्थ्यकर्मी समेत रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङ जानकारी दिएको छ। जिल्ला अस्पतालका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिएअनुसार दुई महिला स्वास्थ्यकर्मीले सुरुवाती चरणकै दुवै डोज कोरोना खोप लगाए पनि केही लक्षणका आधारमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको बताए ।



    खोप लगाईसकेकालाई समेत कोरोना देखिएप्छि थप सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गर्दै खोप लगाएपछि संक्रमण जोखिम कम हुने भन्दा पनि यसले कोरोनाविरुद्ध लड्न ७० देखि ९० प्रतिशत रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हो, खोप लगाएँ भनेर लापरवाही गरेर ढुक्क हुने अवस्था हुँदैन,’ स्वास्थ्य कार्यालका प्रमुख सुरज गुरौंले भने, ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी छ, नत्र अवस्था भयावह हुन सक्नेछ ।’



    हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ८४ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार