Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख नाघ्यो

    भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख नाघ्यो

    अनलाइन नेपाल
  • बुधबार, १५ बैशाख २०७८
  • 3.3K
    SHARES

    एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ ।

    मंगलबार एकै दिन तीन हजारभन्दा बढीको ज्यान गएको थियो । एकै दिन कोरोनाका कारण पहिलोपटक यति धेरैको ज्यान गएको स्थानिय अधिकारीले बताएका छन् ।



    भारतमा केही समय यता दैनिक साढे तीन लाखको हाराहारीमा सङ्क्रमित थपिएका छन् । कोरोनाका कारण अमेरिका, ब्राजिल र मेक्सिकोपछि भारतमा सबैभन्दा धेरैको ज्यान गएको छ ।



    अस्पतालहरुमा आईसीयू, भेन्टिलेटर, अक्सिजन तथा औषधिको अभाव भइरहेको छ । भारतमा अहिलेसम्म एक करोड ७९ लाख भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार