काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै झण्डै दुई हजार जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ । १४ हजार ६७२ जनामा पीसीआर परीक्षण र १००९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४३६४ र १६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Leave a Reply