काठमाडौँ। सरकारले बैशाख १६ गते अर्थात् बिहीबारबाट उपत्यकासहित संक्रमण बढेका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै उपत्यका छोड्नेको संख्या ह्वातै बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घर फर्किन चाहनेहरुलाई मध्यनजर गरेर तीन दिनपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
सर्वसाधारणहरु नागढुंगा, साँगा, बालाजु, कोटेश्वर, बल्खु र थानकोट नाका भएर उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार ५२ हजार जनाले उपत्यका छाडेका हुन् । त्यस्तै, मंगलबार दिउँसोसम्ममा ५० हजार भन्दा बढीले उपत्यका छाडिसकेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिजो र आज भन्दा भोलि काठमाडौँ छाड्नेको संख्या बढ्ने देखिन्छ।
Leave a Reply