Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाका शीर्ष नेता अझैँ अन्यौलमा

काठमाडौँ। सरकारविरुद्ध अविश्वास प्रस्तावको तयारी चलिरहँदा जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू छलफलमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्तावमा अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेका थिए । त्यसबारे निर्णय गर्न शीर्ष नेता छलफलमा बसेको पार्टीका एक नेताले जानकारी दिए । उनका अनुसार छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी भएका छन् ।

जसपामा ठाकुर र महतो केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरुद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन् । यद्यपि नयाँ सरकार गठनमा निर्णायक भूमिकामा रहेको जसपाले ठोस निर्णय लिन नसक्दा सरकारको समर्थन कि असमर्थन भन्नेमा अन्यौल बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077