Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जापानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दश हजार पुग्यो

    जापानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दश हजार पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी। जापानमा कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुने दश हजार जना भन्दा बढी त्यहाँका सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ । त्यहाँ सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै सोमबार मात्र यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको बताइएको थियो ।

    त्यहाँ अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ । त्यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर बढिरहेको पनि बताएका छन् । जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारका अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार आजसम्ममा त्यहाँ सङ्क्रमणबाट मृत्यु हुने दश हजार जना पुगेका छन् ।



    जापानको राजधानी टोकियो र त्यसपछि त्यहाँका पश्चिमी प्रान्तहरु सहरहरु ओसाका, क्योटो र ह्योगोमा त्यहाँका प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकालको घोषणा गरेका थिए । सो संकटकालपछि त्यहाँ सोमबार मात्र कम्तीमा ३ हजार ३०० जना जतिमा यो संक्रमण देखिएको बताइएको छ ।



    राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार