Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएलमा कोलकाता पाँच विकेटले विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई पाँच विकेटले हराएको छ ।

अहमदाबादमा पञ्जाबले दिएको एक सय २४ रनको सामान्य लक्ष्य कोलकाताले १६ ओभर चार बलमा मात्रै पाँच विकेट गुमाएर भेट्टायो। कोलकाताको लागि कप्तान इयोन मोर्गनले नटआउट ४७ र राहुल त्रिपाठीले ४१ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन मात्रै बनायो ।

उसका लागि मयाङ्क अग्रवालले सर्वाधिक ३१ रन बनाए । कोलकाता चार अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने समान अङ्क रहको पञ्जाब छैठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077