Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काठमाडौँका सीडीओले भने – उपत्यका छाड्नेलाई दुई दिनको मौका

    काठमाडौँका सीडीओले भने – उपत्यका छाड्नेलाई दुई दिनको मौका

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 3.4K
    SHARES

    काठमाडौँ। पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको बिगबिगीले महामारीको रुप लिएसँगै मुलुकभर सक्रिय संक्रमितहरुको संख्या दिनहुँ दिन बढ्दै गएको छ। छिमेकी मुलुक भारतमा कोरोनाले जरा गाडेको छ भने त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ।

    यसैबीच, पछिल्ला दिनहरुमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा कोरोना महामारी बढेपछि उपत्य्कता भित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरिएको छ । आज बिहान उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)बीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको हो ।



    आजको बैठकपश्चात् संचारकर्मीहरुसंग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सरकारले लकडाउन गर्नुपूर्व काठमाडौँ उपत्यकाबाट नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय भने दिने बताए ।



    आगामी दुई दिनसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु नहुने भन्दै पराजुलीले भने, ‘आम नागरिकलाई पनि असुविधा नहोस् भनेर एक दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौं । बन्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हाम्रो सोचाई हो।’

    त्यस्तै, काठमाडौँ, भक्तपुर र ललितपुर तीनै जिल्लाका सीडीयोहरुले पछिल्लो जोखिम नियन्त्रणका लागि कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकोसँगै मन्त्रिपरिषदको बैठक पनि आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । पराजुलीका अनुसार मन्त्रिपरिषदको बैठकको निर्णयले गरेको फैसला कार्यान्वयन हुने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार