Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा आईपीएल, नेपालमा सट्टेबाजी गर्ने गिराेह पक्राउ

काठमाडौँ । भारतमा  भइरहेकाे इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजीमा संलग्न एक गिराेहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।  महाशाखाले सट्टेबाजीमा संलग्न ११  जनालाई पक्राउ गरेको हाे।

नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, लाजिम्पाटलगायतका स्थानबाट उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएको खेलमा सट्टेबाजी गराएको पाइएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार पक्राउ परेका उनीहरुको साथबाट साथबाट तीन लाख नगद पनि बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077