Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आइपीएल : दिल्लीलाई ठुलो झट्का, आश्विनले बाँकी खेल नखेल्ने

    आइपीएल : दिल्लीलाई ठुलो झट्का, आश्विनले बाँकी खेल नखेल्ने

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 2.1K
    SHARES

    एजेन्सी। भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गरेका छन्। परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका हुन्।

    स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्समा रहेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमा “अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो” भनेका छन्।



    भारतमा कोरोनाभाइरसको महामारी तिब्र रुपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ । दिल्ली क्यापिटल्सले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ भने आश्विन बाहिरिएसँगै दिल्लीलाई ठुलो झट्का लागेको छ।

    यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरमा अनुबन्धित केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड–१९ को सङ्क्रमणको कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार