एजेन्सी । नोम्याडल्याण्डकी निर्देशक क्लोइ जाओले अस्कर अवार्ड जितेकी छन् । आज बिहान भएको ९३औँ एकेडेमी अवार्ड (अस्कर) मा जाओ सर्वोत्कृष्ट निर्देशक घोषित भएकी हुन् ।
उनी अस्कर अवार्डमा सर्वोत्कृष्ट निर्देशक विधामा मनोनयनमा पर्ने र अवार्ड जित्ने पहिलो गैरश्वेत महिला हुन् ।
यो वर्ष सर्वोत्कृष्ट निर्देशक विधामा प्रोमिसिङ्ग योङ्ग वुमनकी एमिराल्ड फेनेल र नोम्याडल्याण्डकी जाओ मनोनयनमा परेका थिए । हालसम्म निर्देशक विधामा मनोनयनमा परेका मध्ये जाओ अवार्ड जित्ने पहिलो महिला हुन् ।
सन् २०१० मा हर्ट लकरकी निर्देशक काथरिन बिगेलोले पहिलो पटक सर्वोत्कृष्ट निर्देशक अवार्ड जितेकी थिइन् ।
चिनियाँ चलचित्रकर्मी जाओले अमेरिकाका विभिन्न स्थानमा कामको खोजीमा हिँड्ने समुदायको कथालाई चलचित्रमा उतारेकी छन् ।
Leave a Reply