Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : जडेजाले जोडे एकै ओभरमा ३७ रन, बेङ्ग्लोरलाई १९२ रनको चुनौती

निर्मल बाबु लामिछाने / काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आजको पहिलो खेलमा पूर्व भारतीय कप्तान महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सले वर्तमान कप्तान विराट कोहलीको रोयल च्यालेन्जर्स बैङलोरलाई १९२ रनको चुनौती प्रस्तुत गरेको छ।

मुम्बईको वान्खाडेको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १९१ रन बनायो। चेन्नईका लागि करिअरकै उत्कृष्ट प्रदर्शन गरेका रबिन्द्र जडेजाले मात्र २८ बलमा ६२ रनको आक्रामक पारि खेले। उनले बेङ्ग्लोरका बलर हर्षल पतेको अन्तिम ओभरमा ५ छक्काको मद्दतले ३७ रङ जोडेका थिए।

त्यस्तै, अन्य ब्याट्सम्यानहरु फाफ डुप्लेसिस, रुतराज गैकत र सुरेश रैनाले क्रमश ५०, ३३ र २४ रनको उत्कृष्ट इनिंग खेलेका थिए। भने बेङ्ग्लोरका बलरहरु हर्सल पटेल ले ३ तथा युबेन्द्र चाहलले १ विकेट लिए।

प्रतियोगितामा ४ म्याचसम्म आइपुग्दा एक खेल पनि नहारेको बेङ्ग्लोर अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077