Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • दिनहुँ नेपालमा कोरोनाको नयाँ रेकर्ड, ३ हजार १२२ संक्रमित थपिँदा २८ जनाको मृत्यु

    दिनहुँ नेपालमा कोरोनाको नयाँ रेकर्ड, ३ हजार १२२ संक्रमित थपिँदा २८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रममा जारी रहेको छ । कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ३ हजार भन्दा माथि रहेको छ।

    कोरोनाको दोस्रो लहरपछि पहिलोपटक यति धेरै संख्यामा संक्रमित थपिएका हुन्।



    यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको छ । ९ हजार २९२  जनामा पीसीआर परीक्षण र ७८६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३२ र ९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ११९  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यस्तै, पछिल्लो २४ घण्टामा ४५० जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लख ७५ हजार ५७३ जना डिस्चार्ज भएका छन् । आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च २८  रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार १६४  पुगेको छ ।

    हिजो नेपालमा २६१९ जना थपिएका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार