Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'पशुपति र धरहरामा गजुर हैन, अस्पतालमा अक्सिजन र भेन्टिलेटरको खाँचो छ'

निर्मल बाबु लामिछाने / काठमाडौँ। पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको बिगबिगीले महामारीको रुप लिएसँगै मुलुकभर सक्रिय संक्रमितहरुको संख्या दिनहुँ दिन बढ्दै गएको छ। छिमेकी मुलुक भारतमा कोरोनाले जरा गाडेको छ भने त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ।

यसैबीच, जनता समाजवादी पार्टी (जसपा) संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोरोनाको दोस्रो लहरबाट बच्न सरकारले आवश्यक पहल गर्नुपर्ने बताएका छन्। कोभिड-१९को घातक दोश्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता रहेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले अस्पतालमा अक्सिजन सिलिन्डर,भेन्टिलेटर लगायत आवस्यक सामाग्रीको जोहो गर्न सरकारलाई सुझाब दिएका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अध्यक्ष भट्टराईले धरहरा र पशुपतिका गजुर भन्दा बर्तमान समयमा अस्पतालमा अक्सिजनका सिलिण्डर र भेन्टिलेटर आवश्यक रहेको प्रष्ट पारेका छन्।

उनले लेखेका छन्,'कोभिड-१९को घातक दोश्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो!विश्वको हटस्पट बनेको भारतसंगको खुला सीमानामा आवस्यक व्यवस्थापन गरौं।अस्पतालमा अक्सिजन सिलिन्डर,भेन्टिलेटर लगायत आवस्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं । राममन्दिर,पशुपतिका गजूर,भ्यूटावर,धरहरा बनाउॅदै गरौंला !'

https://twitter.com/brb1954/status/1386003861475762179

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077