Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एम्बाप्पेको दुई गोलको मद्दतमा पीएसजी शीर्ष स्थानमा

    एम्बाप्पेको दुई गोलको मद्दतमा पीएसजी शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) शीर्ष स्थानमा उक्लिएको छ ।

    शनिबार राति भएको खेलमा मेट्जमाथि ३–१ गोल अन्तरले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिको हो । पीएसजीको तालिकामा ३४ खेलबाट ७२ अंक रहेको छ भने एक खेल कम खेलेको लिलिको ७० अंक रहेको छ ।



    पीएसजीलाई जिताउनका लागि केलियन एम्बाप्पले दुई गोल गर्दा माउरो इकार्डीले एक गोल गरेका थिए । मेट्जका लागि फावेन सेन्टोजले एक गोल फर्काएका थिए ।



    मेट्जको मैदानमा पाहुना टोली पीएसजीका लागि एम्बाप्पले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको शुरुमै मेट्जका फावेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

    खेलको ५९ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २–१ गोल अन्तरले अघि बढेको थियो । खेलको ८१ औं मिनेटमा नेयमारलाई रिप्लेस गर्दै मैदान छिरेका इकार्डीले ८९ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै पीएसजीलाई ३–१ गोलको सहज जित दिलाए ।

    यो नतिजापछि पराजित भएको मेट्ज १० औं स्थानमा रहेको छ । फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति नै ब्रेस्टले सेन्ट इटियनलाई २–१ गोल अन्तरको जित दर्ता गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार