Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ‘देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था छैन, मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्छ’

    ‘देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था छैन, मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्छ’

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 2.7K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि अहिले नै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। उनले कोरोना संक्रमण रोक्न सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न निर्देशन दिएका छन् ।

    सरकारले मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न कन्जुस्याइ गर्न नहुने उनको भनाइ छ।



    शनिबार बालुवाटारमा बसेको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकलाई ब्रिफ्रिङ गर्दै ओलीले सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए ।



    सिसिएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष प्रधानमन्त्री ओलीसमक्ष राखेपछि ओलीको त्यस्तो भनाइ आएको बालुवाटार स्रोतले उल्लेख गरेको छ।

    ओलीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले थप के-के काम गर्नुपर्छ, त्यसबारे सीसीएमसीले छलफल गरेर मन्त्रिपरिषद्‍मा प्रस्ताव ल्याउनसमेत निर्देशन दिएका छन् ।

    सरकारले वैशाख ६ गते सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्वीमिङ पुल लगायत भीडभाड हुने ठाउँलाई वैशाखभर बन्द गर्नुपर्ने, धार्मिक स्थलमा वैशाख मसान्तसम्म नृत्य पूजा मात्रै गर्ने/ गराउन, एक पटकका २५ जनाभन्दा बढी भन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्नुपर्ने नियम बनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार