Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप पौडेल भन्छन् -ओली पूर्ण रुपमा असफल भइसके, अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न हुँदैन

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा असफल भइसकेको दाबी गरेका छन्।

नेता पौडेलले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न नहुने बताए ।

लुम्बिनी प्रदेश कार्यलयले बुटवलमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले ओलीलाई ‘श्री ३ जंगबहादुर’ बन्न खोजेको आरोप पनि लगाए ।

ओलीले देश निर्माण, नेपाली जनताको समस्याहरु समाधान गर्नुको साटो आफू र आफ्ना आसेपासेहरुलाई मात्र खुसी पारेको भन्दै पौडेलले भने,  ओलीमा अहंकार, दम्भ बढेको हुँदा उनको विकल्प नखोजे मुलुकमा अस्थिरताबढ्छ। नेता पौडेलले ओलीले मुलुकको संरचनाहरु सबै कब्जा गर्न खोजेको आरोप समेत लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077