काठमाडौं । सिन्धुली, डोटी, मुस्ताङ, नवलपरासी(पूर्व), ईलाम, मोरङ, मकवानपुर, बारा, कञ्चनपुर, पाल्पा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार सिन्धुली, कमलामाई नगरपालिका-१४ चन्दनपुर ढोलीखोलामा प्रदेश २-०१-००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फलामको रेलिङमा ठोक्किएर शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुधौली नगरपालिका-४ डकाहा घर भएका २७ वर्षीय यम कुमर दनुवार र सोही ठाउँ बस्ने १४ वर्षीय आशिष कुमर दनुवारको घटनास्थलमै र सोही ठाउँ बस्ने १० वर्षीय आदित कुमर दनुवारको ओमकृष्ण पोलिक्लिनिक भिमान हुँदै जिल्ला अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
डोटी, सायल गाउँपालिका(६ र दिपायल शिलगढी नगरपालिका-२ को सिमानास्थित रौखोला भन्ने ठाउँमा बिएस कन्ट्रक्सनको जेसिबीले रोड फिलिङ गर्ने क्रममा रोडबाट ढुंगा खस्न गई ढुंगाले लागेर पैदलयात्री सायल गाउँपालिका-६ रौखोला बस्ने ४५ वर्षीय नरी साउदको शुक्रबार दिउँसो घट्नास्थलमै मृत्यु भएको छ । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुस्ताङ, थासाङ गाउँपालिका-४ बादरजुङगे भिरस्थित बेनी जोमसोम सडकमा ग.१८ प १५७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ८० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने ३८ वर्षीय शिवहरि पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लेते स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी (पूर्व), बुलिङटार गाउँपालिका-६ अत्रौलीमा लु.१ ज ३७१० नम्बरको जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार पाल्पा रामपुर नगरपालिका-४ बस्ने २३ वर्षीय अजय बिकको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य १० जनाको प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाम, सूर्योदय नगरपालिका-५ गोराखस्थित भित्री सडकमा मे.३ प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय मुस्कान प्रधानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फिक्कल अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-१० खोर्साने केराबारीमा को.१ ख ६५४७ नम्बरको टिपरले स.३ प ६३०३ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका-९ डाँगिहाट बस्ने २६ वर्षीय सुरेश कुमार चौधरीको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग बस्ने ३४ वर्षीय रुपेश अधिकारीलाई सुकुना सामुदायिक अस्पताल बिराट चोक हुँदै थप उपचारको लागि नोवेल अस्पताल बिराटनगर रिफर गरिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, मनहरी गाउँपालिका-९ खरङ्गामा ना.५ ख ४७४० नम्बरको ट्रकले ना.१ ह ७१९४ नम्बरको अटोलाई शुक्रबार साँझ ठक्कर दिँदा अटोमा सवार मनहरी गाउँपालिका-९ रजैया बस्ने ३१ वर्षीय कुमार रानामगरको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनालाई उपचारको लागि चुरेहिल अस्पताल लगिएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बारा, निजगढ नगरपालिका-११ कासघाटमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
कञ्चनपुर, बेतकोट नगरपालिका-३ दैजीमा म.२ प ५१७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बेतकोट नगरपालिका-२ बस्ने ४० वर्षीय जुगलाल डगौराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय लक्ष्मण चौधरीको सोही अस्पताल हुँदै थप उपचारको लागि धनगढी रिफर गरिएको छ ।
पाल्पा, निस्दी गाउँपालिका-५ स्थित ढुङ्गाबेशीमा लु.४ त ६९८१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक सोही गाउँपालिका-४ बस्ने १९ वर्षीय टेक बहादुर जर्गामगरको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-१ कदुवामा बा.३ ख ९२८५ नम्बरको बस सडकबाट अन्दाजी १५ मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा बसका सह(चालक अन्दाजी २५ वर्षीय अनिल तामाङको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवार २२ जनालाई उपचारको लागि उदयपुर कटारीतर्फ पठाइएको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।