Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपालगन्ज संक्रमणको चपेटामा, कोरोनाबाट २४ घण्टामा सातको मृत्यु

    नेपालगन्ज संक्रमणको चपेटामा, कोरोनाबाट २४ घण्टामा सातको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    नेपालगञ्ज । बाँकेको नेपालगन्ज कोरोना भाइरसको संक्रमणको चपेटामा नराम्रोसित फसेको छ ।

    कोरोना संक्रमणका कारण २४ घण्टामा सात जनाको मृत्यु भएको छ । बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० का ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।



    कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि आज बिहान मृत्यु भएको हो ।



    बाँकेको जानकी गाउँपालिका–१ का ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ का २८ वर्षीय पुरुष र सल्यानको वनगाड कुपिण्डे नगरपालिका–३ का ५६ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।

    यस्तै बर्दियाको राजापुर नगरपालिका–९ का ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ का ६५ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको हो । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोकका ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

    बाँकेमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार