Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले दलहरुले राजसंस्थालाई धोका दिएको आरोप लगाएका छन्। अध्यक्ष थापाले सामाजिक सञ्जालमा लोकतन्त्र दिवसबारे आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् । उनले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको समेत आरोप लगाएका छन्।

उनले आफ्नो ट्वीटरमा लेखेका छन्–‘२०६३ साल आजकै दिन राजा र आन्दोलनकारी दलहरूबिच सम्झौता भएर आन्दोलन अन्त भएको थियो। सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे,ु थापाले भनेका छन्, ुतर, आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए। अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077