निर्मल बाबु लामिछाने / काठमाडौँ। आजबाट जनता समाजवादी पार्टी (जसपा) नेपाल स्थापनाको एक वर्ष पूरा भएको छ । तत्कालिन राजपा र संघीय समाजवादी पार्टी मिलेर जसपा बनेको हो ।
यसैबीच, जसपा संघिय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत् स्थापनाको एक वर्ष पूरा भएको उपलक्ष्यमा सबै नेता-अभियन्ता, समर्थक र जनसमुदायमा वधाइ तथा शुभकामना दिएका छन्। जसपालाई भित्री तथा बाहिरी आँधीबहेरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याउनुपर्ने धारणा राखेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जसपालाई हिमाल-पहाड-तराई-मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रूपमा स्थापित भएको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, 'जनता समाजवादी पार्टी स्थापनाको एक बर्ष पूरा भएको उपलक्ष्यमा सबै नेता-अभियन्ता,समर्थक र जनसमुदायमा हार्दिक वधाइ तथा शुभकामना ! हिमाल, पहाड र तराई-मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रूपमा स्थापित जसपालाई सबै भित्री-बाहिरी आँधीबहेरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याऔं!'
https://twitter.com/brb1954/status/1385432020545794051