ओखलढुंगा । प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सरकारलाई चौतर्फी घेराबन्दी भए पनि विकासका काममा कुनै अवरोध नभएको बताएका छन् ।
ओखलढुंगाको मानेभञ्ज्याङस्थित भगवती माध्यमिक विद्यालयको हीरकजयन्ती महोत्सव उद्घाटन गर्दै मन्त्री गुरुङले राजनीतिमा आएको समस्याले विकासका काम प्रभावित नहुने दावी गरे ।
माओवादी र एमालेले संयुक्त रूपमा घोषणापत्र जारी गरेर वाम गठबन्धनका तर्फबाट जनताका बीचमा गरेका वाचा एमाले नेतृत्वको वर्तमान सरकारले पूरा गरिरहेको बताउँदै उनले १ नम्बर प्रदेशमा पनि पूर्वाधार विकासमा उल्लेख्य काम भएको जानकारी दिए ।
पार्टी एकता लामो समय नटिक्दा माओवादीले केन्द्रले सरकारलाई पर्याप्त सहयोग नगरे पनि केन्द्रमा धरहरा निर्माण, मेलम्चीको पानी राजधानीमा वितरण तथा राष्ट्रिय गौरवका दर्जनौँ आयोजना सम्पन्न गरिसकेको बताए ।
Leave a Reply