Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आईपीएल : बेङ्ग्लोर शीर्ष स्थानमा

    आईपीएल : बेङ्ग्लोर शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • शुक्रबार, १० बैशाख २०७८
  • 3.1K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको छ ।

    गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लगातार चौथो पटक विजयी भएको हो । ४ खेलमा ८ अङ्क जोड्दै बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको हो ।



    राजस्थानले दिएको १७८ रनको लक्ष्य बेङ्ग्लोरले १६ ओभर ३ बलको खेलमा विकेट नै नगुमाइ लक्ष्य भेट्टाएको हो ।



    बेङ्ग्लोरको जितका लागि देवदत्त पडिकलले नट आउट १०१ रनको शतकीय इनिङ्स खेलेका थिए । यस्तै विराट कोहलीले नट आउट ७२ रन जोडेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार