Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलाई पाण्डेको जवाफ : तपाईले गरेका कार्यहरुले निम्त्याउने दुष्परिणामको भागीदार तपाई नै हुनपर्छ (पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलगायत एमालेको खनाल–नेपाल पक्षका २७ सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

गत मंगलबार अध्यक्ष ओलीले तीन दिने म्याद राखेर संघका २७ र प्रदेशका ५ सांसदलाई सोधेको स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।

उनीहरुमध्ये केहीले एमाले संसदीय दलको कार्यालय त केहीले इमेलमार्फत जवाफ बुझाएका छन् ।

उनीहरूले आफ्नो स्पष्टीकरणमा नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीका विरूद्ध आफूहरूले कुनै काम नगरेको उल्लेख गरेका छन् ।

साथै, उनीहरूले आफूहरूमाथि लगाइएका आरोपहरू निराधार भएको पनि दाबी गरेका छन्।

यस्तो छ नेता  पाण्डेको स्पष्टीकरणको पूर्णपाठ:

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077