एजेन्सी । छिमेकी देश भारतमा एकैदिन ३ लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बुधबार मात्रै ३ लाख १४ हजार ८ सय ३५ जना कोरोना संक्रमित भेटिएका हुन्।
भारतमा एकैदिन यति ठुलो संख्यामा संक्रमित पाइएको यो पहिलो पटक हो । भारतमा मात्र होइन कुनै पनि देशमा एकैदिन यति ठुलो संख्यामा संक्रमित भेटिएको पनि यो पहिलो पटक हो ।
यसअघि अमेरिकामा गत ८ जनवरीमा एकैदिन ३ लाख ७ हजार जनामा संक्रमण पाइएको थियो ।
त्यस्तै बुधबार भारतमा कोरोना संक्रमणका कारण दुई हजार १०१ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमणका कारण एकैदिन यति ठुलो संख्यामा मृत्यु भएको पनि यो पहिलो पटक हो ।
भारतमा कोरोना संक्रमण भयावह बन्नेक्रमसँगै राजधानी दिल्लीलगायत प्रमुख सहरमा अक्सिजनको हाहाकार सुरु हुन थालेको छ ।
संक्रमणदर बढेसँगै अक्सिजनको चरम अभाव थालेको छ । हिजो मात्र भारतको एक अस्पतालअगाडी अक्सिजनको ट्यांकर लिक हुँदा २३ जनाको मृत्यु भएको थियो।
India reports 3,14,835 new #COVID19 cases, 2,104 deaths and 1,78,841 discharges in the last 24 hours, as per Union Health Ministry
Total cases: 1,59,30,965
Total recoveries: 1,34,54,880
Death toll: 1,84,657
Active cases: 22,91,428Total vaccination: 13,23,30,644 pic.twitter.com/S5wPm9KGwf
— ANI (@ANI) April 22, 2021
Leave a Reply