काठमाडौँ। भारतको महाराष्ट्र राज्यको नासिकको एउटा अस्पतालमा अक्सिजन ट्यांकर लिक हुँदा कम्तीमा २३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यम पीबीएनसका अनुसार नासिकको जाकिर हुसेन अस्पतालमा बुधबार बिहान अस्पतालको बाहिर रहेको अक्सिजन ट्यांकर लिक हुँदा करिब आधा घण्टा अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध भएको थियो ।
जसले गर्दा भेन्टिलेटरमा उपचार भइरहेका करिब १५० सिकिस्त बिरामीले आधा घण्टासम्म अक्सिजन पाएका थिएनन्।
अक्सिजन आपूर्ति अवरुद्ध हुँदा तीमध्ये कम्तीमा २३२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम पीबीएनले जनाएको छ।
Oxygen tanker leaked while tankers were being filled at Dr Zakir Hussain Hospital in Nashik, Maharashtra. Operation to contain the leak is underway.
Nasik Municipal Corporation Commissioner says 23 patients were on ventilator and it is feared that 10-11 patients have lost lives. pic.twitter.com/0bBBptfWe1— PB-SHABD (@PBSHABD) April 21, 2021
Leave a Reply