मकवानपुर । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि कोरोनाको जोखिम उच्च बन्दै गएको छ ।
कोरोना संक्रमणबाट हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ का ७४ वर्षीय वृद्धको मृत्यु भएको छ ।
केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए । उनको आज विहान आफ्नै निवासमा मृत्यु भएको छ ।
उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भइरहेको हेटौंडा उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंले वताए।
मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या बृद्धि हुने क्रम तिव्र रहेको छ ।
२ दिनमा मात्रै मकवानपुरका ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
Leave a Reply