Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुम्भमेलाबाट फर्किएका पूर्वराजा शाह दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारस्थित कुम्भमेलामा गंगा स्नान गरेर स्वदेश फर्किएका शाह दम्पत्तिलाई कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

स्वदेश फर्किए लगत्तै कोरोना संक्रमण परीक्षण गराएका दम्पत्तिले परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

त्यस्तै, भारतको कुम्भमेलामा सहभागी हजारौं भक्तजनहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको भारतीय संचार माध्यमहरुले जनाएका  छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077