Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चार मन्त्रीलाई तत्काल राजिनामा दिन जसपा लुम्बिनीको निर्देशन

बुटवल । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका चारजना मन्त्रीलाई कारवाही गरेको जनाएको छ ।

जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले सोमबार साँझ विज्ञप्ति जारी गरि पार्टी निर्णय विपरित सरकारमा सहभाागी भएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधिएको जनाएका हुन् ।

स्पष्टिकरण नआउँदासम्म सांसदहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको यादवले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077