एजेन्सी । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजारभन्दा बढी जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो एकैदिन सङ्क्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७५७ जनाको कोरोनाबाट ज्यान गएको छ ।
योसँगै कोरोनाका कारण भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार ५ सय ५० पुगेको छ । यस्तै कोरोना सङ्क्रमितको संख्या अस्वाभाविक रुपमा बढेसँगै भारतको केरला राज्यमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।
सोमबार रातिदेखि लागू हुने गरी केरला सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरेको हो ।
Leave a Reply