Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अबदेखि मास्क नलगाउनेलाई कडा कारवाही, होटलमा पनि होम डेलिभरीमात्र गर्न पाइने

काठमाडौं । नयाँ भेरियन्टको  कोरोना संक्रमणले जोखिम बढेको भन्दै मन्त्रिपरिषदको आज बसेको  बैठकले २०७८ वैशाख मसान्तसम्म शहरी क्षेत्रका सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने लगायतका अन्य महत्वपूर्ण निर्णय गरेको छ ।

सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेसँगै रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि गरेको सूचना तथा संचारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

कोभिडको संक्रमण रोकथामका लागि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले ती मापदण्डलाई पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही  गरिने बताए ।

सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म पनि संचालन अनुमति दिएको छ । होटलमा बसेर खान नपाइने र डेलिभरी सेवा अनिवार्य गर्नुपर्ने मापदण्ड सरकारले ल्याएको छ ।

त्यस्तै, सरकारले सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई चढ्न नदिने र दैनिक सवारी साधनलाई निसंक्रमित तुल्याउनुपर्ने निर्णय पनि गरिएको छ । मास्क नलगाएका यात्रुलाई १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउन पनि सरकारले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077