Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुख्यमन्त्री पोखरेलबाट अविश्वास प्रस्तावको सामना गर्दै मन्त्रिमण्डल पुनर्गठन, को-को बन्दैछन् नयाँ मन्त्री ?

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्तावको सामना गरेका छन्।

आज मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावको सामना गर्दै मन्त्रिमण्डल पुनर्गठन गरेपछि अविश्वास प्रस्तावको सामना गरेका हुन्।

आजै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। भने अविश्वासको प्रस्ताव दर्ता भएसँगै माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट बाहिरिसकेका छन्।

राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् । उनीहरुले मुख्यमन्त्री पोखरेलसमक्ष राजिनामा पत्र बुझाएका हुन्।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुरका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथ ४ बजेका लागि तय भएको बताए । तर उनले को-को मन्त्री बन्दैछन् भन्नेबारे खुलाउन चाहेनन्।

नेकपा माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री पोखरेलले मन्त्रिमण्डल पुनर्गठनको निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077