Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लुम्बिनीमा माओवादीका दुई मन्त्रीले दिए राजिनामा (पत्रसहित)

बुटवल । लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजिनामा दिएका छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् ।

यसअघि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्द अविश्वासको प्रस्ताव पेस कै लागि हस्ताक्षर संकलन गरेका प्रमुख प्रतिपक्ष दलहरुले आज अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

प्रतिपक्ष (नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी) का सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराउदै नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरेका छन्।

यस्तो छ राजिनामा पत्र :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077