Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिआईबीद्वारा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने ७ जना चिकित्सक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सात जना चिकित्सकहरुलाई पक्राउ गरेको छ ।

उनीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुरसहित विभिन्न जिल्लाबाट पक्राउ गरिएको सीआईबीले  जनाएको छ।

सीआईबी स्रोतका अनुसार उनीहरुलाई एसएलसीको शैक्षिक प्रमाण पत्र किर्ते गरेको आरोपमा पक्राउ गरिएको हो ।

यसअघि पनि अप्रेसन क्वाक चलाएर एक सय भन्दा धेरै चिकित्सकलाई पक्राउ गरी सिआईबीले मुद्दा चलाएको थियो।

सिआईबीले किर्ते शैक्षिक प्रमाणपत्र भएका थुप्रै चिकित्सकहरुलाई अनुसन्धान गरेको स्रोतको भनाइ छ।

पक्राउ परेकाहरुलाई केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने सीआईबीले जनाएको छ ।

यसअघि हिजो पनि सीआईबीले उक्त मुद्दामा  डा. दीपेन्द्र गौतमलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077