Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्द अविश्वास प्रस्ताव, यी हुन् प्रस्तावित नयाँ मन्त्री

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ ।

यसअघि मुख्यमन्त्रीविरुद्द अविश्वासको प्रस्ताव पेस कै लागि हस्ताक्षर संकलन गरेका प्रमुख प्रतिपक्ष दलहरुले आज अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रतिपक्ष (नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी) का सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराउदै नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरेका छन्।

कांग्रेसका प्रदेशसभा प्रमुख सचेतक फखरुदिन खानका अनुसार प्रदेशमा ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको हो।

८७ सदस्यीय प्रदेशसभामा  एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

यसअघि दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।






प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077