Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुख्यमन्त्रीको आह्वानमा ललितपुरमा बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक सोमबार विहान ललितपुरको जावलाखेलमा बस्ने मुख्यमन्त्री पौडेलको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । बागमती प्रदेशको राजधानी हेटौंडा भएपनि सर्वदलिय बैठक भने ललितपुरमा बस्न लागेको हो ।

बैठकमा पछिल्लो समय बागमती प्रदेशमा दैनिक ३ सयभन्दा बढी कोरोनाका नयाँ संक्रमितहरु थपिदै गएको विषयमा छलफल हुने बताइएको छ ।

प्रदेशको सर्वदलिय बैठकले केन्द्रीय सरकारलाई सतर्कताका उपाय अपनाउने दबाव दिने पनि बताइएको छ ।

त्यसैगरी बैठकमा प्रतिपक्षी माओवादी केन्द्रको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना संक्रमण नियन्त्रणलगायतका विषयमा छलफल हुने पौडेलले जानकारी दिए ।

प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन् ।

सो मागमा माओवादी केन्द्रसहित कांग्रेस र विवेकशील पार्टीले समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077