काठमाडौं। सर्वसाधारणलाई कोभिड-१९ खोप सेवा दिनका लागि निजी अस्पतालमा सेवा विस्तार गरिएकोमा ललितपुरको अल्का अस्पतालमा सोमबार पनि कोभिडको खोप सेवा उपलब्ध भएको छ ।
अल्का अस्पतालका अनुसार १८ वर्ष पुगेका र ५९ वर्ष ननाघेका नागरिकहरूले अस्पतालमा आएर खोप सेवा लिन सक्नेछन्।
सर्वसाधारणले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्ने अल्का अस्पतालले जनाएको छ ।
यसअघि शनिबार र आइतबार ललितपुरका चार अस्पतालमा कोरोनाको नि:शुल्क खोप लगाइने निर्णय भएको थियो ।
Leave a Reply