Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : बेङ्ग्लोरका म्याक्सवेल र एबी डी चम्किएपछि कोलकत्तामाथि २०५ रनको चुनौती

एजेन्सी । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा ग्लेन म्याक्सवेल र एबी डी भिलियर्स चम्किएसँगै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले कोलकत्ता नाइट राइडर्समाथि जितका लागि २ सय ५ रनको चुनौती प्रस्तुत गरेको छ।

चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो ।

बेङ्ग्लोरका लागि सर्वाधिक ग्लेन म्याक्सवेल र एबी डी भिलियर्सले क्रमश ७८ र ७६ रन बनाए ।

कोलकत्ताका वरुण चक्रवर्तीले २ तथा पाट कुमिन्स र प्रशिद्द कृष्णले १र१ विकेट लिए ।

आज बेङ्ग्लोर लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ ।

बेङ्ग्लोर तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।

बेङ्ग्लोरले २ खेलमा ४ अंक जोडेको छ । बेङ्ग्लोर दोस्रो स्थानमा रहेको छ ।

कोलकत्ता भने दोस्रो जितको खोजीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077